अमेरिका र उत्तर कोरियाबीचको शिखर वार्ताबाट भारतलाई हुने फाइदा

एजेन्सी : अन्तर्राष्ट्रिय अध्ययनका विज्ञहरूले अमेरिका र उत्तर कोरियाबीच हुने शिखर वार्ताको सफलता पछि भारतलाई प्रत्यक्ष फाइदा नभइ अप्रत्यक्ष फाइदा हुने बताएका छन् । भारतलाई यसबाट तीन अप्रत्यक्ष फाइदा हुन सक्ने छ ।

चीनको प्रभाव कम भए भारतलाई त्यसको लाभ पुग्नेछ । यो शिखर वार्ता सफल भए कोरियाली प्रायःद्वीपमा चीनको प्रभाव घटनेछ । अहिले उत्तर कोरिया पूर्णरूपमा चीनमा आश्रित छ ।

चीनले उत्तर कोरियालाई आफ्नो हतियारको रूपमा उपयोग गरिआएको छ ।

वार्ता सफल भए उत्तर कोरियाको सहयोगी अमेरिका र उसका सहयोगी देश पनि हुन सक्छन् । यसबाट चीनलाई तुलनात्मक हानि र भारतलाई लाभ हुने देखिन्छ ।

दोस्रो उत्तर कोरियामाथि लगाइएको प्रतिबन्ध हटेमा त्यहाँ हुने विकास कार्यको ठेक्का भारतलाई प्राप्त हुन सक्छ ।

जुन उत्तर कोरियाको आधारभूत विकास परियोजनाका लागि आवश्यक हुन्छ ।

तेल तथा प्राकृतिक ग्यासको लागि उत्तर कोरिया हाल आयातमा आश्रित छ ।

तर त्यहाँ तेलको विशाल भण्डार हुन सक्ने देखिएको छ । यस्तो भएमा तेल तथा प्राकृतिक ग्यासको दोहन कार्यमा भारतको सहभागीता हुन सक्छ र यसबाट भारतलाई फाइदा हुन सक्छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?