आलोचनासँगै महाधिवेशनस्थलबाट प्रचण्डको ‘कटआउट’ हटाइयो

लोकपथ
560
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनस्थलमा राखिएको अध्यक्ष प्रचण्डको ‘कटआउट’ हटाइएको छ ।

महाधिवेशनको पहिलो दिन कमलादी परिसरमा प्रचण्डको कटआउट राखिएकामा त्यसप्रति आलोचना भएसँगै दोस्रो दिन हटाइएको हो ।

नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन अन्तर्गत प्रज्ञा भवनमा अहिले बन्दसत्र सुरु भएको छ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पार्टीका शिर्ष नेताहरु बन्दसत्र हलमा पुगेसँगै बन्दसत्र सुरु भएको हो । बन्दसत्रमा पार्टीका अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेश गर्नेछन् ।

सो राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल हुने जनाइएको छ । बन्दसत्रमा कूल एक हजार ६३१ प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुनेछन् । सबै क्लस्टर मिलाउँदा त्यो सङ्ख्यामा अझै केही वृद्धि भएको बताइएको छ । सात भौगोलिक प्रदेश र तीन गैरभौगोलिक प्रदेशबाट प्रतिनिधि सम्मेलनमा सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?