काठमाडौं–जिल्ला अदालत काठामाडौंले पर्याप्त प्रमाण, आधार र विषयवस्तु केलाउन नसक्दा सुन तस्करीमा जोडिएको एसएसपी श्यामबहादुर खत्री धरौटीमा छुटेर पुरानै धन्दामा सक्रिय भएको खुलेको छ, , आजको कान्तिपुरमा खबर छापिएको छ ।
गत बर्ष साढे ३३ किलो सुन बरामद प्रकरणमा मुछिएका खत्रीलाई न्यायाधीश दीपेन्द्र अधिकारीको ईजालासले वस्तुगत स्वतन्त्र प्रमाणको अभाव देखाउँदै २ लाख रुपैयाँ धरौटीमा छाडेको थियो ।
प्रहरी प्रतिवेदन, सरकारी वकिलको कार्यालयले पेस गरेको अभियोगपत्र र अदालतको आदेश हेर्दा अभियोगपत्रमा उल्लेखित केही विवरणलाई जिल्ला अदालतले नोटिसमा नलिएको देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया