नबिल बैंकबाट अब ‘खल्ती वालेट’ मा पैसा राख्न सकिने

लोकपथ
559
Shares

काठमाडौं । नबिल बैंकको मोबाइल बैंकिङबाट ‘खल्ती डिजिटल वालेट’ मा पैसा राख्न सकिने भएको छ । बैंकका ग्राहकलाई विद्युतीय भुक्तानीमा सहजता प्रदान गर्न भुक्तानी सेवा प्रदायक खल्ती र नबिल बैंकबीच सम्झौता भएको छ ।

बैंकसँग भएको सम्झौता डिजिटल नेपालका लागि अर्को कोशेढुंगा हुने खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले बताए ।

नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले बैंकका ग्राहकहरूलाई डिजिटल भुक्तानी सेवा प्रदान गर्न खल्तीसँग सहकार्य गरिएको जानकारी दिए ।

खल्तीमा हाल २० लाखभन्दा बढी ग्राहक छन् । उक्त वालेटमार्फत बिल भुक्तानी, मोबाइल तथा टिभी रिचार्ज, बिमा प्रिमियम भुक्तानी, अनलाइन सपिङलगायतका सेवा लिन सकिने कम्पनीले जनाएको छ । यसमार्फत कारोबार गर्दा क्यासव्याक तथा छुट जस्ता आकर्षक सुविधासमेत रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?