‘ड्रिंक एण्ड ड्राइभ’, प्रहरी चेकजाँचमा नाइट बसका चालक समातिन थाले

काठमाडौं–नाइट बसका चालकले मादक पदार्थ सेवन गर्ने गरेको गुनासो आएपछि प्रहरीले चेकजाँच अभियानलाई कडा बनाएको छ ।
प्रहरीले तीन दिनको अवधिमा  सात वटा बसका चालकले मदिरा सेवन गरेको फेला पारेको छ ।  जसमा एउटा पर्यटक बस समेत रहेको छ ।
 
मंगलबारमात्रै प्रहरीले दुई नाइट बसका  चालकले मदिरा सेवन गरेर बस चलाएको फेला पारेको छ । जसमा काठमाडौं–दाङ चल्ने ना६च १५६१ नम्बरको नाइटबसका चालक कुमार बस्नेत र काठमाडौं–विराटनगर चल्ने ना६ ख १५६१ नम्बरको नाइट बसका चालक संशेर सुयाल थापा रहेका छन् ।
यसअघि आइतबार प्रहरीले  काठमाडौं–बेनी चल्ने ध१ख ६१३ नम्बरको बसका चालक युव बहादुर सापकोटा र काठमाडौं भैरहवा चल्ने नाइट ना६ ख १०८० नम्बरको बसका चालक किरणमणि भुजेललाई मदिरा सेवन गरेको पाइएपनि नियन्त्रणमा लिएको थियो ।
सोहि दिन प्रहरीले काठमाडौं–रौतहट चल्ने बा२ख ४६३९नम्बरका बस चालक रन्जित सिंहलाई पनि नियन्त्रणमा लिएको थियो ।
यसैगरी सोमबार प्रहरीले कलंकीबाट पोखरा जान लागेको चल्ने ग १ य ६६० नम्बरको पर्यटक बसका चालक सुक बहादुर दमाईलाई समेत मदिरा सेवन गरेको अवस्थामा फेला पारेको थियो ।
सोअहि दिन  लु२ख १३९ नम्बरको काठमाडौं–भैरहवा चल्ने नाइट बसका चालक दीपक श्रेष्ठ लाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?