स्काभेटर पुरिँदा चालकले ज्यान गुमाए

ताप्लेजुङ । ताप्लेजुङको फक्तान्लुङ गाउँपालिका–२ खेजेनिनमा सडक खन्ने क्रममा माथिबाट पहिरो झरेर स्काभेटरसहित चालक र सहचालक पुरिँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् । 

आज साँझ झरेको पहिरोले बा २ ग ५२६३ नं.को स्काभेटर पुर्दा चालक पाँचथरको हिलिहाङ गाउँपालिका–२ का चालक कृष्णप्रसाद कुटुवालको मृत्यु भएको स्थानीयवासी राजेन्द्र लिम्बूले जानकारी दिए । उक्त घटनामा सहचालक विष्णुकुमार श्रेष्ठ घाइते भएका छन् ।

उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ गइसकेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?