हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ भने जसका कारण देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका सोमबार दिउँसो देशको पहाडी तथा हिमाली भूभागहरूमा सामान्यदेखि पूर्णतया बदली रहने छ । तराईका भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागहरुका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
यस्तै राति पनि पहाडी तथा हिमाली भूभागहरूमा सामान्यदेखि पूर्णतया बदलीको सम्भावना रहेको छ । तराइका भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागहरुका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया