भेटिएको नगद प्रहरीले सम्बन्धितलाई बुझायो

मोरङ विराटनगर १० बस्ने बर्ष ३४ को डा. क्षितिज गिरीको विराटनगर १५ स्थितमा हराएको ४६ हजार ५०० रुपैयाँ ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले फेला पारी गिरीलाई बुझाएको छ ।

प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले उक्त रकम सम्बन्धित पैसा धनी डा.क्षितिज गिरीलाई कार्यालयमा बोलाएर  जिम्मा लगाएको हो । 

हराएको पैसा फिर्ता पाउँदा डा. गिरी  दंग छन् ।

खोजी कार्यमा खटिएका प्रहरीलाई उनले धन्यवाद् व्यक्त गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?