४ माघ २०७८, मंगलवार

विवेकशील साझा पार्टीका जिल्ला अध्यक्ष नेता नेकपामा प्रवेश

२०७५,जेष्ठ,२२,मंगलवार १३:३५

0
Shares

काठमाडौँ । विवेकशील साझा पार्टी पर्सा जिल्ला अध्यक्षसहितको समूह नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेको छ । 

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा आज आयोजित एक कार्यक्रममा सो पार्टीका नेताहरु पार्टी प्रवेश गरेका हुन् । उनीहरुलाई अध्यक्ष दाहालले अविर र माला लगाएर पार्टी प्रवेश गराउनु भएको हो । 

पार्टी प्रवेश गर्नेमा विवेकशील साझा पार्टीका पर्सा जिल्ला अध्यक्ष रामकुमार पाण्डेको नेतृत्वमा पार्टीका व्यवस्थापिका प्रमुख बबिल थापा, कार्यपालिका प्रमुख मुस्ताक अलाम, न्यायपालिका प्रमुख सुरेशकुमार बादललगायत हुनुहुन्छ । 

सो अवसरमा अध्यक्ष दाहालले विभिन्न क्षेत्रमा रहेका प्रगतिशील तथा देशभक्तलाई संगठित गरेर समृद्ध नेपाल निर्माण गर्ने महाअिभयानमा पार्टी केन्द्रित रहेको बताउनुभयो । 

उहाँले नवप्रवेशीलाई उचित जिम्मेवारी दिइनेसमेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित मिति: २०७५,जेष्ठ,२२,मंगलवार १३:३५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मुगु । नेकपा एमाले मुगुले एक सातापछि नेतृत्व चयन गरेको छ । २७ पुसदेखि सुरु भएको नेकपा एमाले मुगुको ८औँ

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको घरमा ढुङ्गा प्रहार भएको छ । वीरगञ्जलाई मधेश प्रदेशको राजधानी नबनाएको आरोप लगाउँदै

काठमाडौं । एमालेले ६३ जिल्ला अधिवेशन र दुई विशेष जिल्ला अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएको जनाएको छ ।

गौर । रौतहटका निवेश यादव एमालेको देशकै कान्छा जिल्ला सदस्य बनेका छन् । २२ वर्षीय यादव आइतबार राति सम्पन्न एमाले

ताजा समाचार