१. नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन आजबाट काठमाडौंमा सुरु, देशभरबाट १६ सय प्रतिनिधि सहभागी, ५ दिनसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्ने ।
२. यो अधिवेशन माओवादीको मात्र नभएर देशलाई नै नयाँ दिशा दिने अधिवेशन बन्ने प्रचण्डको भनाई, उद्घाटन सत्रमा प्रचण्डले गरे सबै नेताको मुक्तकण्ठले प्रसंसा ।
३. प्रचण्डकै बलमा संविधानसभाबाट संविधान बनेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइ, पाँच दलीय गठबन्धन कसैको विरुद्धमा नरहेको प्रस्टोक्ति ।
४. देशको समृद्धिका लागि अझै दलीय एकता र सहकार्य आवश्यक रहेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको भनाइ, कुनै व्यक्ति वा वंशको तानाशाही अब स्वीकार्य नहुने प्रतिक्रिया ।
५. सरकारले मनायो प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, राष्ट्रपति विद्यादेवी भण्डारीबाट शुभारम्भ ।
६. किसानलाई पक्राउ गरेको विरोधमा सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताद्वारा पूर्व–पश्चिम राजमार्ग बन्द, दर्जनौँ सवारीसाधनमा तोडफोड
७. प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनको आन्दोलन आज पनि जारी, जबराका कारण न्यायपालिकाको स्वतन्त्रतामाथि गम्भीर प्रहार भएको आरोप ।
८. १४औँ महाधिवेशनपछि नेपाली कांग्रेसले गरायो निर्वाचन आयोगमा दल दर्ता, आगामी माघ १२ गतेका लागि तोकिएको राष्ट्रियसभा निर्वाचनमा कांग्रेसले भाग लिने निश्चित ।
९. प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको सम्पत्ति छानबिन गर्न बृहत् नागरिक आन्दोलनका अगुवाहरूको माग, जबराले विशेष अदालतको न्यायाधीश हुँदा अवैधरुपमा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको आरोप ।
१०. आइतबार देशभर थप २ सय १९ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ८३ जना संक्रमणमुक्त २ जनाको मृत्यु ।
११. आइतबार नेपाली सेयर बजारमा उछाल, नेप्से ७१ अंकले बढ्दा पाँच अर्बभन्दा बढीको कारोबार, दर्जनबढी कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ।
१२. तालिबानद्वारा अफगानिस्तानको निर्वाचन आयोग विघटन, आयोगको अस्तित्व र सञ्चालन आवश्यक नभएको तालिबानको प्रतिक्रिया ।
१३. भारतमा ४२२ जनामा देखियो ओमिक्रोन, अधिकांश संक्रमित खोप लगाएका ।
१४. नेपाली राष्ट्रिय महिला भलिबल टोली एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्यम्पियनसिपको फाइनलमा प्रवेश, उज्वेकिस्तान सोझो सेटमा पराजित ।
१५. र, एपीएफ क्लबले चुम्यो प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि, प्रदेश १ सात विकेटले पराजित हुँदै दोस्रो स्थानमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया