विपिन र नम्रताको फिल्म ‘प्रसाद’ मा अब निश्चल पनि

काठमाडौं । निःसन्तान दम्पत्तीको मनोविज्ञानमा आधारित कथामा बन्ने फिल्म ‘प्रसाद’ मा निश्चल बस्नेत पनि थपिएका छन् । तर उनी यो फिल्ममा निर्देशकका रुपमा नभएर कलाकारका रुपमा जोडिने भएका हुन् ।

दिनेश राउतले निर्देशन गर्ने भनिएको फिल्ममा विपिन कार्की र नम्रता श्रेष्ठले अभिनय गर्ने पहिले नै फाइनल भइसकेको थियो ।

निश्चल बस्नेत यो फिल्ममा एक महत्त्वपूर्ण भूमिकामा देखिने भएका छन् । निर्माण टिमले जनाएअनुसार निश्चलको भूमिका चुनौतीपूर्ण र फरक रहनेछ ।

निर्देशक राउतले फिल्मको स्क्रिप्टको मागअनुसार निश्चललाई लिएको बताए । साथै आफूले निश्चललाई प्रस्ताव गरेपछि खेल्न राजी भएको पनि उनले बताए ।

निर्माता सुवास थापा र निश्चलबीच सम्झौता भइसकेको छ ।

prasad movie

फिल्ममा अभिनय गर्ने पक्का भएपछि निश्चलले यो भूमिकाको अफर आएपछि भूमिका चित्त बुझेर फिल्म खेल्न राजी भएको बताए । निश्चल जुन पायो त्यही फिल्ममा अभिनय नगर्ने कलाकारका रुपमा गनिँदै आएका छन् ।

‘मैले अहिलेसम्म गर्दै नगरेको च्यालेन्जिङ रोल यो फिल्ममा छ, स्टोरी पनि राम्रो र क्यारेक्टर पनि राम्रो हुँदा फिल्म खेल्न राजी भएको हुँ ।’, निश्चलले भने ।

फिल्म यही असार १ गतेबाट फ्लोरमा जाने बताइएको छ । यो फिल्मको स्क्रिप्ट रंग पत्रकार सुशील पौडेलले लेखेका हुन् ।

निश्चलको भूमिकाबारे बोल्दै मुख्य अभिनेता विपिन कार्कीले यो भूमिका निश्चल बस्नेत फिट भएको बताए । ‘कथा सुन्ने बित्तिकै मेरो दिमागमा आएको नै निश्चल हो ।’, उनले खुशी व्यक्त गरे ।
निश्चलले भने विपिन र नम्रताजस्ता बलिया कलाकारसँग काम गर्न चुनौती भएको बताए ।

यो फिल्म सुवास थापा इन्टरटेनमेन्टको ब्यानरमा बन्नेछ । साथै फिल्मलाई राजेश श्रेष्ठले छायांकन गर्नेछन् भने संगीत सुवास भुसाल र कोशिश क्षेत्रीले रहनेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?