१ भाद्र २०७९, बुधबार

अबरुद्ध राजमार्ग खुलाइयो

२०७५,जेष्ठ,२२,मंगलवार ११:३३

0
Shares

मलेखु- स्थानीय गल्छी गाउँपालिकाको वडा नं ६ मा पर्ने महेशदोभान नजिकै पञ्चकन्या मन्दिरको खोल्साबाट लेदो माटोसहितको पहिरो खसेपछि पृथ्वीराजमार्गमा आज बिहान अवरोध भएकामा अहिले एकतर्फी रुपमा सडक खुलाइएको छ । 

सतसट्ठी जिल्लाका यात्रु आवतजावत गर्ने उक्तराजमार्गको धादिङखण्डको सो सडकमाथि अव्यवस्थित ग्रामीण सडक र बालुवा उत्खनन हुने गर्दा रातिदेखि परेको वर्षाका कारण पहिरो खसेर पृथ्वीराजमार्गमा आवागमन ठप्प हुन पुगेको गाउँपालिका उपाध्यक्ष राधा तिमल्सिनाले जानकारी दिनुभयो ।

राजमार्गमा खसेको पहिरो स्काभेटरको सहयोगले हटाएपछि बिहानदेखि एकातर्फी रुपमा सडक खुलाइएको छ । राजमार्गमा पटक पटक पहिरो खस्दा राजमार्ग अवरुद्ध हुने गरेपछि स्थायी समाधानका लागि पहल नभएको महेशदोभान निवासी इन्दिरा भण्डारीले बताउनुभयो ।

सडक अवरुद्ध हुँदा सवारी साधनमात्रै होइन सर्वसाधारणलाई समेत निकै सकस हुने गरेको छ । सडक किनारबाट पैदलयात्रा गर्न समेत नसकिने गरी लेदो माटो जम्ने भएका कारण स्थानीयवासीलाई बजारसम्म आवतजावत गर्नसमेत समस्या हुने गरेको छ । त्यसैगरी विद्यार्थी सडक छेउबाट हिँडेर विद्यालय जान र घर फर्कनसमेत नसक्ने गरी सडकमा लेदो जमेको छ ।

आवागमन ठप्प भएपछि राजधानीबाट बाहिर निस्किएका र बाहिरी जिल्लाबाट राजधानीतर्फ जाँदै गरेका सयौँ सवारी साधन बीच सडकमा रोकिँदा यात्रुको विचल्ली भएको थियो ।

 

प्रकाशित मिति: २०७५,जेष्ठ,२२,मंगलवार ११:३३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भक्तपुर । भूगर्भविद् प्रदीपकुमार मुलले पश्चिम नेपाल भूकम्पीय हिसावमा रेड जोन (जोखिम क्षेत्र) रहेको बताएका छन् । धेरै सयमदेखि त्यहाँं भूकम्प

१. सत्तारुढ पाँच दलीय गठबन्धन कार्यदलको बैठकमा सिट बाँडफाँटबारे छलफल हुँदै, चौथोपटक बसेको बैठकमा सिट संख्या र मापदण्ड सहमतिमै टुंग्याउने

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आईरहेको बिशेष चेकिङ अभियान अन्तर्गत आज ५१ जना विद्यार्थीहरु कारवाहीमा परेका छन्

काठमाडौं । आकर्षक जागिर लगाईदिने प्रलोभनमा पारेर रकम ठगी गर्ने एक व्यक्ती पक्राउ परेका छन् । रुपन्देहीको सैनामैना नगरपालिका ९

ताजा समाचार

बालेन र साम्पाङकाे फेुसबुके रमिता !
 २०७९,भाद्र,१,बुधबार २२:००
वडा कार्यालयको पनि शाखा !
 २०७९,भाद्र,१,बुधबार २१:४५