काठमाडाैं । फिनल्याण्ड पठाइदिन्छु भनी रकम ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाकाे टाेलीले २९ वर्षीय अमित थामीलाई काठमाडाैं महानगरपालिका वडा नं. ७ गौरीघाटमा पक्राउ गरेकाे हाे ।
इलाम माईजोकमाई गाउँपालिका वडा नं. २ खोलागाउँ घर भई हाल जिल्ला काठमाडाैं का.म.न.पा.वडा नं. ७ चावहिल बस्ने कर्ण बहादुर थामीको छोरा वर्ष २९ को अमित थामीले सेक्युरिटी गार्डकाे लागि फिनल्यान्ड पठाइदिने भनी भिषा प्रोसेसिङको लागि १ लाख ५० हजार रूपैयाँ अमित थामीको नामको सिभिल बैकको खाता नं. ०६३१०२६४६६४०१३ मा डिपोजिट गराउनू भनी पीडितसँग पटक–पटक भिषा, टिकट र होटल बुकिङको नाममा बैंक खातामा २१ लाख जम्मा गर्न लगाएकाे पाइएकाे छ ।
थामीले पैसा लिएपश्चात् मोबाइल अफ गरी सम्पर्कविहीन भएको र ठगीमा परेको आशंका लागि कागजातहरूको सम्बन्धमा एयरपोर्टमा गई चेकजाँच गराउदा सबै कागजातहरू नक्कली रहेको भन्ने जानकारी पाएपछि शम्भु घले समेत गरी ५ जनाको उजुरीलाई छानबिन गर्दा निजले ठगी गरेको प्रमाणित भएकाे हाे ।
निजलाइ पक्राउ गरी आवश्यक कारबाहीको लागि काठमाडाैं परिसर पठाइएको महानगरीय अपराध महाशाखाले जनाएकाे छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया