विश्वकप इतिहासको उत्कृष्ठ खेलाडीहरु, जसले रचे नयाँ इतिहास

फुटबल खेलको महासंग्राम मानिने फिफा विश्वकप सुरु हुन मात्र ९ दिन बाकी छ ।

यति बेला विश्व नै फुटबलमय बनेको छ । को बन्ला त यसपालीको “नयाँ विश्व विजेता” यो जिज्ञासा आम फुटबलप्रेमीको कुरा गर्ने प्रमुख विषय बनेको छ ।

खेल नजिकिँदै गर्दा सबै खेलाडीहरु यो प्रतियोगितामा केही फरक र उत्कृष्ट बनाएर जित आफ्नो पोल्टामा पार्न लागिपरेका छन् । विश्वकप इतिहासमा अहिलेसम्म उत्कृष्ठ ठहरिएका खेलाडीहरु । 

लियोनल मेस्सी

अर्जेन्टिनी फरवार्ड लिओनल मेसी अहिलेका सर्वश्रेष्ठ फुटबल खेलाडी मानिन्छन् ।

स्पेनी क्लब बार्सिलोनाबाट व्यवसायिक खेल खेलिरहेका मेस्सीले अहिलेसम्म क्लब र राष्ट्रिय टोलीबाट ४१८ खेल खेल्दै ३८३ गोल गरिसकेका छन् । २१ वर्षको उमेरमा बेलोन डी’ ओर उपाधि जितेर तहल्का पिटेका मेसीको खेल शैली र क्षमताको कारण उनी वर्तमान पुस्ताका सर्वोत्कृष्ट खेलाडीको रुपमा दरिएका हुन् ।

कतियले मेसीलाई उनकै देशका महान् फुटबलर डिएगो म्याराडोनासँग तुलना गर्ने गरेका छन् । क्लब फुटबलमा तहल्का मच्चाएपनि मेसीले देशका लागि भने अहिलेसम्म कुनै उपाधि जिताउन सकेका छैनन् । सन् १९८६ को विश्वकपमा म्याराडोनाको प्रभावशाली प्रदर्शनमा अर्जेन्टिनाले दोस्रो पटक विश्वकप जितेको थियो ।

३० वर्षिय मेस्सी अर्जेन्टिनालाई तेस्रो पटक विश्व च्याम्पियन बनाउन खेलमा कुनै कसुर बाकी नराख्ने देखिन्छ । 

 

 

पेले
महान फुटबलरको उपमा पाएको पेलेले १६ वर्षको उमेरमा नै ब्राजिललाई पहिलो पटक विश्व विजेता बनाएको थियो ।

चर्चित फुटबलर पेलेको नेतृत्वमा सन् १९५८ मा ब्राजिलले विश्वकपको उपाधी उचालेको थियो । पेले सहभागि भएयता ब्राजिलले सन् १९६२ र १९७० मा विश्वकप जित्दै उपाधीमा ह्याट्रिक गरेको थियो । सन् १९४० मा जन्मिएका पेलले खेल जिबनमा १३६३ खेल खेल्दै सर्बाधिक १२८१ गोल गर्न सफल भएका थिए ।

फिफा प्लेयर अफ दी इयर अर्बाडबाट सम्मानित भईसकेका पेले ब्राजिलियन टोलीका सर्बाधिक गोलकर्ता समेत हुन् । उनले ब्राजिलका लागी ९२ खेलमा ७७ गोल गरेका थिए । ७७ वर्षिय पूर्व स्ट्राइकर पेलेलाई अहिले पनि सफल र महान फुटबलरका रुपमा चिनिदै आईरहेको छ । 

 

डिएगो म्याराडोना

ह्यान्ड अफ गड भनेर मानिने प्रशिद्ध डिएगो म्याराडोनाको ह्याण्ड गोललाई अहिले पनि ‘जादु’को उपमा दिइँदै आएको छ ।

त्यसबेलाको प्रविधिले उनको हाते गोललाई गोलको मान्यता दियो र सोही संस्करणमा उनले अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताए । म्याराडोनाको गोलको मदतले सन् १९८६ मा अर्जेन्टिनाले दोस्रो पटक विश्वकपको उपाधी जितेको थियो । मेक्सिकोमा सम्पन्न फाइनल खेलमा अर्जेन्टिनाले जर्मनीलाई ३—२ गोलले हराउदै विश्वविजेता बनेको थियो ।

सन् १९८४ मा इटालियन क्लब नपोलीमा आबद्ध हुदा म्याराडोनाले ६ दशमदब ९ मिलियन पाउण्ड लिदै विश्व किर्तिमान समेत राखेका थिए । एटाकिङ मिडफिल्डर म्याराडोनाको नेतृत्वमा नपोलीले दुई पटक सिरी ए को उपाधी जितेको थियो । सर्बाधिक गोलकर्ता म्याराडोनाले नपोलीका लागी ७ सिजनमा ११५ गोल गरेका थिए ।

गोल्डेनबल अर्बाडबाट सम्मानित ५७ वर्षिय म्याराडोना सन् २००८ मा अर्जेन्टिनी टोलीका मुख्य प्रशिक्षक थिए । सन् २०१० मा दक्षिण अफ्रिकामा सम्पन्न विश्वकप प्रश्चात म्याराडोना दुबईको अल वास्ल क्लबमा प्रशिक्षकका रुपमा आबद्ध भएका थिए । 

रोनाल्डो 
पावरहाउस स्ट्राइकर भनेर चिनिने रोनाल्डोले १६ वर्षको उमेरमा नै राष्ट्रिय टिमबाट विश्वकपमा सहभागि हुने मौका पाएका थिए ।

सन् १९९४ मा ब्राजिल चौथो पटक विश्वविजेता बन्दा रोनाल्डो टोलीका मुख्य सदस्य थिए । जापान र दक्षिण कोरियाले संयुक्त रुपमा आयोजना गरेको पाचौ विश्वकपमा रोनाल्डो ब्राजिली टोलीका सर्बाधिक गोलकर्ता थिए । रोनाल्डोले इन्टर मिलान, एसि मिलना, बार्सिलोना र रियल म्याड्रिडबाट व्यवसायिक क्लब खेल खेलेका थिए ।

तिन पटक फिफा वल्ड प्लेयर अफ दी इयरबाट सम्मानित उनले २३ वर्षको उमेरमा क्लब र राष्ट्रिय टोलीबाट २ सय गोल गरेका थिए । सन् १९९६, १९९७ र २००२ मा तिन पटक फिफा वल्ड प्लेयर अफ दी इयर, सन् १९९७ र २००२ मा बेलोन डी’ ओर अर्बाड जितेका थिए ।

ब्राजिलियन टिमबाट ९८ खेल खेलेका उनले ६२ गोल गरेका थिए । सन् २०११ मा घाइते भएपछि खेल जिबनबाट सन्यास लिएका ४१ वर्षिय रोनाल्डो युएनडिपीको गुडविलका एम्बेस्डर समेत हुन् 

 

जिनेदिन जिदान

स्पेनिस क्लब रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदान सन् १९९८ को विश्वकप फ्रान्सले जित्दा नायक बनेका थिए ।

खेलाडी तथा प्रशिक्षक दुबैको भूमिकामा अब्बल देखिएका जिनेदिन जिदानले हालै सकिएको युरोपेली च्याम्पियन्स लिगमा रियल मड्रिडलाई कीर्तिमानी १३ औं उपाधि जिताए । फ्रान्स विश्व विजेता र सन् २००० मा युरो कप च्याम्पियन बन्दा जिदान टोलीका मुख्य मिडफिल्डर थिए ।

त्यतिबेला फाइनल खेलमा जिदानको महत्वुपर्ण दुई गोलको मदतले फ्रान्सले विश्वकपको उपाधी उचालेको थियो । मुख्य प्रशिक्षकका रुपमा दोस्रो च्याम्पियन्स लिग जितेका जिदानले सहायक प्रशिक्षक हुँदा एउटा उपाधि हात पारेका थिए । फ्रान्स विश्व विजेता र सन् २००० मा युरो कप च्याम्पियन बन्दा जिदान टोलीका मिडफिल्डर थिए ।

सन् १९९४ देखी २००६ सम्म राष्ट्रिय टोलीबाट खेल खेलेका जिदानले १०८ खेलमा ३१ गोल गरेका थिए । तिन पटक बेलोन डी’ ओर अबार्ड जितेका उनले कान्नेस, बोर्डेस, युभेन्टस र रियल म्याड्रिडबाट व्यवसायिक क्लब खेल खेलेका थिए ।

चर्चित स्पेनिस क्लब रियल म्याड्रिडका लागी उनले १५५ खेलबाट ३७ गोल गरेका थिए । 

क्रिस्चियानो रोनाल्डो 
अहिलेसम्म विश्वकपमा आफ्नो जादु देखाएर उपाधी जित्न नसकेपनि पोर्चुगलका स्ट्राइकर क्रिस्चियानो रोनाल्डो एक चर्चित फुटबलर हुन् ।

स्पेनिस क्लब रियल म्याड्रिडबाट व्यवसायिक खेल खेलिरहेका रोनाल्डो सन् २००३ देखि राष्ट्रिय टोलीबाट खेल खेल्दै
आइरहेका छन् ।

पाच पटक बेलोन डी’ ओर अबाड र  चार पटक युरोपियन गोल्डेन बुट जितेका उनले क्लबका लागी २६ ट्रफी, पाच लिग टाइटल र पाच पटक नै च्याम्पियन्स लिगको उपाधी दिलाए थिए । पोर्चुगलबाट १ सय ४९ खेल खेलेका उनले ८१ गोल गरिसकेका छन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?