महाधिवेशनको मुख्य उद्देश्य समाजवाद उन्मुख समाजको निर्माण : पम्फा भुसाल

लोकपथ
130
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति सदस्य एवं ऊर्जा तथा जलस्रोत मन्त्री पम्फा भुसालले समाजवाद उन्मुख समाज निर्माण गर्ने आधार तयार गर्नु नै पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनको मुख्य उद्देश्य हुने बताएकी छिन् ।

पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले समाजवाद उन्मुख समाज निर्माण गर्ने राजनीतिक र वैचारिक आधार निर्माण गर्नका लागि जारी महाधिवेशन महत्त्वपूर्ण हुने बताइन् ।

‘छलफल गर्दै जाँदा महाधिवेशनका लागि आवश्यक प्रक्रिया पूरा भएकाले हामी आठौँ राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निष्कर्षमा पुग्यौँ ।’उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?