धनगढीमा गोली प्रहार गरी नौ लाख ५० हजार रकम लुट्ने सार्वजनिक

गगन अयडी 

७ नम्बर प्रदेशको राजधानी धनगढीमा दिनदहाडै गोली प्रहार गरी नौ लाख ५० हजार रकम लुट्ने लुटेरालाई प्रहरीले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । 

लुटेको रकम मध्ये पाँच लाख ४८ हजार ६ सय नगद सहित लुटपाटमा संग्लन ५ जनालाई सार्वजनिक गरिएको हो । यहि जेठ १३ गते केन्ट ट्रेडर्स एण्ड सप्लायर्सका कर्मचारी निर्मल कार्कीले सिद्धार्थ बैकबाट झोलामा बोकी साईकलमा ल्याउदै गरेको नौ लाख ५० हजार रुपैयाको झोला धनगढीको पुरानो सब्जीमण्डीमा गोली प्रहार गरी लुटिएको थियो ।

लुटपाट घटनाका मुख्य योजनाकार सहित उनीहरुले लुटपाटमा प्रयाग गरेको ६ राउण्ड गोली सहित पेस्तोल र मोटरसाईकल प्रहरीले सार्वजनिक गरेको हो । मुख्य योजनाकार धनगढी मानिने उपमहानगरपालिका–६ जालीका राजकुमार चौधरी, कञ्चनपुरको बेलौरी नगरपालिकाका ३० बर्षीय उग्रसेन राना, कञ्चनपुरकै कृष्णपुर–९, पिपरियाका २३ वर्षीय कल्लु भनिने कालु राना र धनगढी उपमहानगरपालिका–१३, कैलाली गाउँका २८ वर्षीय राम प्रवेश रानालाई जिल्ला प्रहरी कार्यलय धनगढीले सार्वजनिक गरिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै कैलालीका एसएसपी हरीराज वाग्लेले अब अपराधीलाई कुनै पनि हालतमा नछोड्ने बताउदै अपराधमा संलग्नलाई कडाभन्दा कडा कार्वाही गर्ने दावी गर्नु भयो । गोली प्रहार गरि लुटपाटमा संग्लनहरु लामो समयदेखि अपराधिक कृयाकलापमा संग्लन भएको र उनीहरुले विभिन्न घटना घटाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख बिनोद घिमिरेले बताउनुभयो  ।

घटनामा संलग्न भई आईएमईका कर्मचारीमाथि गोली प्रहार गर्ने कल्लु राना यसअघि पनि जबरजस्तीकरणी मुद्दामा ६ वर्ष कैद भुक्तान गरी २०७४ माघमा छुटेका व्यक्ती हुन् । यस्तै अर्का उग्रसेन राना पनि डाँकाचोरी मुद्धामा ४ बर्ष ८ महिना जेल जीवन बिताई सकेका व्यक्ति हुन् । योजनाकार राजकुमार चौधरी पनि हातहतियार खरखजाना मुद्दामा ७५ दिन कैलाली कारागारमा बसी २०६५ सालमा छुटेका व्यक्ती भएको घमिरेले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?