लाेसपाका नेता कार्यकर्ताद्वारा पार्टी केन्द्रीय कार्यालयमा धर्ना

लोकपथ
812
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता कार्यकर्ताले पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् । जिल्ला र प्रदेश अध्यक्ष नियुक्तिकाे विरूद्ध उनीहरूले बबरमहलस्थित पार्टीकाे केन्द्रीय कार्यालयमा धर्ना दिएका हुन् ।

आइतबार धनुषा र महोत्तरीका लाेसपाका १ सय ६३ जनाका संख्यामा नेता कार्यकर्ताहरु डेलिगेसनका रुपमा धर्नामा उत्रिएका छन् ।

केही दिन पहिले लोकतान्त्रिक समाजवादी पार्टीद्वारा प्रत्येक जिल्लाका जिल्ला र प्रदेश अध्यक्ष नियुक्ति गरेको थियो । जुन अलोकतान्त्रिक र अव्यावहारिक भएको भन्दै उनीहरु त्यसकाे विराेध गर्दै उनीहरू आन्दोलनमा उत्रिएका लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता सञ्जय चौधरीले बताए ।

उनले भने, ‘पार्टीभित्र सामूहिकता हुनुपर्ने र विधानअनुसार चल्नुपर्नेमा एकल नेत्तृत्व, एकल शासन चलाउने ढंगले पार्टीका अध्यक्ष मोहन्त ठाकुर लाग्नुभएको छ ।’

पार्टीको उक्त निर्णय सुधारका लागि आफूहरुले पटक–पटक लिखित पत्राचार गरे पनि सुनुवाइ नभएको उनले बताए ।

अध्यक्ष ठाकुरले गरेको उक्त एकल निर्णयको सुधार नभए पार्टी कार्यालयमा धर्नामा बस्ने, ताल्चा लगाउनेदेखि देशैभर प्रत्येक जिल्लामा धर्नामा बस्ने चेतावनी समेत त्यहाँ उपस्थित नेता कार्यकर्ताले दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?