माओवादी केन्द्रकाे महाधिवेशनस्थल पुगे प्रधानमन्त्री

लोकपथ
553
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)काे आठौं महाधिवेशनमा सहभागी हुन् प्रधानमन्त्री शेरबहादुर देउवा प्रज्ञा प्रतिष्ठान पुगेका छन् ।

सो कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राप्रपा महामन्त्री कुन्तीसहितका नेताहरू महाधिवेशनस्थल प्रज्ञा भवनमा छन् ।

No description available.

आइतबारबाट सुरु भएको महाधिवेशन बिहीबारसम्म चल्ने माओवादीले जनाएको छ ।

माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोह दिउँसो ३ बजे सुरु भएको हो । महाधिवेशनले केन्द्रीय कमिटीसहित पदाधिकारी र नयाँ नेतृत्व चयन गर्नेछ । माओवादीको पदाधिकारी १५ सदस्य रहने प्रस्ताव गरिएको छ । जसमा १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष तथा ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्ष रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?