विवेकशील साझा पार्टीका जिल्ला अध्यक्षसहितको समुह नेकपामा प्रवेश

काठमाडौं – विवेकशील साझा पार्टी पर्सा जिल्ला अध्यक्षसहितको समुह नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेको छ । मंगलबार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटारमा सो पार्टीका नेताहरु नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका हुन् । उनीहरुलाई अध्यक्ष प्रचण्डले अबिर र माला लगाएर पार्टी प्रवेश गराउनु भएको थियो ।

विवेकशील साझा पार्टीका पर्सा जिल्ला अध्यक्ष रामकुमार पाण्डेको नेतृत्वमा व्यवस्थापिका प्रमूख बबिल थापा, कार्यपालिका प्रमूख मुस्ताक अलाम, न्यायपालिका प्रमूख सुरेशकुमार बादल लगायतको सिंगो पार्टी नेकपामा प्रवेश गरेको हो । अध्यक्ष पाण्डे जनयुद्ध कालका जिल्ला जनसरकार उपप्रमुखसमेत हुन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?