प्रधानसेनापति क्षत्री भारत भ्रमणमा जाँदै

काठमाडौं– प्रधानसेनापति राजेन्द्र क्षत्री भारतीय सेनाका सेनाध्यक्ष विपिन रावतको औपचारिक निमन्त्रणामा बुधबार छ दिने भ्रमणको सिलसिलामा भारत जाने भएका छन् । 

भ्रमणको क्रममा उनले देहरादुनस्थित भारतीय सेनाको ‘इन्डियन मिलिटरी एकेडेमी’ मा सञ्चालित अधिकृत आधार तालिमको जेष्ठ २६ गते हुने आयुक्त पद प्रदान कवाजको आतिथ्यता ग्रहण गर्नेछन् । 

क्षत्रीको भ्रमणले नेपाली सेना र भारतीय सेनाबीच रहँदै आएको आपसी सम्बन्ध अझ सौहार्दपूर्ण हुनुको साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई सुमधुर एवम् प्रगाढ बनाउन थप मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

भ्रमणको अवधिभर बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । 

क्षत्री जेष्ठ २८ गते स्वदेश फिर्ता हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?