सिरहामा मानवअधिकार सञ्जाल

मानवाधिकारसँग जोडिएका घटनालाई उजागर गरी  प्रभावकारी ढंगले सामाजिक न्याय स्थापित गराउने उद्देश्यले सिरहामा मानवअधिकार रक्षक सञ्जाल गठन गरिएको छ ।

सिरहाको लहानमा तराई मानवअधिकार रक्षक सञ्जाल (थर्ड एलायन्स) को पहलमा सम्पन्न भेलाले चन्दनकुमार कर्णको संयोजकत्वमा ११ सदस्यीय सञ्जाल गठन गरेको हो ।  

सञ्जालका सहसंयोजकमा रिक्मा विश्वकर्मा र सचिवमा रामनारायण पण्डितलाई चयन गरिएको  छ ।

सञ्जालका सदस्यमा मुकेशकुमार यादव, महेश सिंह, तञ्जिल खातुन, गीता साह, मोहन पासवान, शान्ति पासवान, सञ्जय विश्वकर्मा र दिलीप सहनी रहनुभएको छ ।

थर्ड एलायन्स प्रदेश २ का संयोजक रञ्धीर चौधरीले सामाजिक न्याय तथा सदृढीकरणका लागि स्थानीय समुदायलाई अधिकार र कर्तव्यबारेमा सचेतना दिलाउन थर्ड एलायन्सले विभिन्न जिल्लामा सञ्जाल गठन गरिरहेको बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?