निर्वाचन प्रणालीमा परिवर्तन गर्नैपर्ने प्रचण्डको अभिव्यक्तिप्रति नेकपा (मसाल)को आपत्ति

नेकपाका अध्यक्ष प्रचण्डले वर्तमान निर्वाचन प्रणालीमा परिवर्तन गरेर प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली अपनाउन प्रकट गरेको विचार प्रति ने.क.पा. (मसाल) ले आपत्ति जनाएको छ । 

नेपालको विशिष्ट राजनीतिक परिस्थितिमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको प्रणालीले देशलाई तानाशाही व्यवस्थातिर लाने भन्दै नेकपा मसालले फोरमलाई अहिलेको सरकारमा ल्याउने गरिएको कार्यले गम्भीर प्रकारका आशंकालाई जन्म दिएको बताएको छ ।

प्रत्यक्ष राष्ट्रपति प्रणालीको पक्षमा दुई–तिहाई बहुमत जुटाउने उद्देश्य पूरा गर्न, फोरमका संविधानमा राष्ट्रघाती प्रकारका संशोधनहरु पारित गराउने कुनै आन्तरिक समझदारी ता बनेको छैन र त्यसो गरिएको भए त्यो गम्भीर राष्ट्रघातको कार्य हुनेछ । विज्ञप्तीमा भनिएको छ । 

देश तानाशाही व्यवस्थातिर जाने कुरा निश्चित छ भएको भन्दै  अहिले संसदीय प्रणाली अन्तर्गत पनि विभिन्न राजनीतिक पार्टी वा संगठनहरुमा प्रत्यक्ष मात्रामा अधिनायकवादी प्रणाली देखापर्ने गरेका र त्यो अवस्थामा कार्यकारी राष्ट्रपति प्रणाली नै कायम भएमा धेरै दुष्परिणाम हुनेछन् भनिएको छ ।

कपाका महामन्त्री मोहनविक्रम सिंहद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा नेकपा मसाल वर्तमान निर्वाचन प्रणालीका ठाउँमा राष्ट्रपति प्रणालीलाई गलत र अप्रजातान्त्रिक ठान्दै त्यसको विरोध गर्ने जनाईएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?