कराते महासंघमा सुवेदी र थापा मनोनित

काठमाडौं–नेपाल फुल–कन्ट्याक्ट कराते महासंघको केन्द्रीय समितिको सदस्य पदमा पदमराज सुवेदीलाई मनोनयन गरिएको छ । यस्तै  शार्दूल थापालाई कानूनी सल्लाहकारमा मनोनयन गरिएको महासंघका अध्यक्ष दमन बस्नेतले जानकारी दिए । 
बस्नेतका अनुसार सुवेदीलाई महासंघको विधान २०६८ को दफा ३ को उपदफा ४ बमोजिम केन्द्रीय समितिको सदस्य  पदमा  मंगलबार मनोनयन गरिएको हो । यस्तै थापालाई गत बैशाख ९ गते बसेको बैठकको निर्णय अनुसार मनोनयन गरिएको हो । 
मनोनयनसँगै  सुवेदी र थापाले महासंघको उद्देश्यअनुरुप काम गर्ने महासंघले विश्वास व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?