१२ माघ २०७८, बुधबार

फेसबुकमार्फत संकलित चन्दाबाट एम्बुलेन्स खरीद

२०७५,जेष्ठ,२२,मंगलवार ०७:११

9
Shares

चौतारा : सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१३ ठूलो सिरुबारीका बासिन्दाले फेसबुकमार्फत चन्दा संकलन गरी एम्बुलेन्स खरिद गरेका छन् ।

सदरमुकामबाट १९ किमीको दूरीमा रहेका सो वडाका बासिन्दा बिरामी परेमा साधनको अभावमा समयमै अस्पताल पुग्न नसकी उपचारबाट वञ्चित रहनुपरेको स्थिति थियो ।

साविक ठूलो सिरुबारी गाविस हुँदा नै दुई वर्षअघि प्रत्येक घरधुरीबाट  रु ५०० का दरले उठेको रु छ लाख मौज्दात थियो । फेसबुकमार्फत संकलित रु सात लाख ५० हजार, नगरपालिकाबाट प्राप्त अनुदान रु दुई लाख र वडाबाट रु एक लाख गरी कूल रु १६ लाख संकलन भएकामारु १२ लाख ५३ हजारमा एम्बुलेन्स खरिद गरिएको छ । 

बाँकी रकम चालकको तलब, इन्धन तथा मर्मतका लागि खर्च गरिने वडाध्यक्ष रामप्रसाद गौतमले जानकारी दिनुभयो ।

सो एम्बुलेन्सको भाडा अन्यका लागि जिल्ला अस्पतालले निर्धारण गरेअनुसार र वडावासीलाई भने ५ प्रतिशत छुट दिइने वडाध्यक्ष गौतमले बताउनुभयो ।

 

प्रकाशित मिति: २०७५,जेष्ठ,२२,मंगलवार ०७:११

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा सिंह र बिरालोमा पनि कोभिड देखिएको छ । कोभिड संक्रमित ती दुबै जनवाबरहरुमा पनि मानिसमा जस्तै

धनगढी । भुकली सडक छेउमा टाँगेको सानो त्रिपालभित्र जसोतसो बसिरहेकी छिन् । केही दिनदेखि शीतलहर र हुस्सुसँगै चिसो अत्यधिक रुपमा

काठमाडौं । अहिलेको युग प्रविधिको हो । सामाजिक सञ्जाल बिना मानिसहरुले आफ्नो दैनिकी कल्पनासम्म गर्न सक्दैनन् । फेसबुक म्यासेन्जर एउटा

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

ताजा समाचार

देवदहमा भेटिएका शवको अझै पहिचान भएन
 २०७८,माघ,१२,बुधबार २०:५९
‘भिजिट भिसा’ दिन मापदण्ड बनाइने
 २०७८,माघ,१२,बुधबार २०:५४