३३ किलो सुन काण्ड: गृह प्रशासन र पूर्वप्रहरी अधिकारीबीच आरोप–प्रत्यारोप

काठमाडौं । ३३ किलो सुन र सुनका भरिया सनम शाक्यको हत्या घटनाको छानविनत गर्न उच्चस्तरिय छानविन समितिको कामकारवाही र अनुसन्धान प्रक्रियाको विषयमा प्रहरी पूर्व उच्च अधिकारी र गृह मन्त्रालयबीच आरोप– प्रत्यारोप शुरु भएको छ । 

प्रहरीका केही उच्च अधिकारीहरुले सुन काण्डमा प्रहरी कर्मचारीलाई मात्र फसाएको आरोप लगाइ छानविन समितिको कामकारवाही र अनुसन्धान प्रक्रियामाथि नै प्रश्न उठाएपछि गृहमन्त्रालयले एक विज्ञप्ति नै जारी गरी गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

उक्त छलफलमा सहभागी मध्येका एक पूर्व डिआइजी हेमन्त मल्ल ठकुरीले ३३ किलो सुन र सनम शाक्य हत्या घटनाको छानविन गर्न गठित उच्चस्तरिय छानविन समितिको म्याद थपघट गर्नुभन्दा ‘स्पेशल टास्क फोर्स’ गठन गरी अनुसन्धानलाई ब्यवस्थित र प्रभावकारी बनाउने विषयमा आफ्नो सुझाव रहेको प्रष्ट पार्नुभएको छ । 

केही दिनअघि सञ्चारकर्मीहरुसंगको छलफलमा प्रहरीका अवकासप्राप्त उच्चअधिकारीहरुले ३३ किलो सुन र सुन सनक शाक्य हत्या घटनाको छानविन गर्न गठित छानविन समितिको अनुसन्धान प्रक्रिया र कामकारवाहीमाथि नै प्रश्न उठाएको भन्दै गृह मन्त्रालयले आपत्ती जनाएको छ । 

उक्त छलफलका क्रममा छानविन समितिको अनुसन्धान प्रक्रियामाथि प्रश्न उठाउने काम भएको छैन, डिआइजी मल्लले भने–‘घटनामा संलग्न भनिएका सई बालकृष्ण सञ्जेल र डिएस्पी प्रजित केसीले विगतमा कामप्रति देखाएको लगाव, इमान्दारिता र मेहनतका विषयमा चर्चा भएकै हो ।’ 

उनीहरु सबै छानविनकै प्रक्रियामा नै छन् , निर्दोष छन् भन्न खोजिएको पनि होइन उनले थपे–निश्चित समयअवधिका लागि स्थापना गरिएको छानविन समितिको म्याद थपिइ रहनु पर्दैन । त्यसको सट्टा एकडेढ वर्षसम्मका लागि अधिकार सम्पन्न ‘स्पेसल टास्क फोर्स’ गठन गरौं भनेको हो । 

नेपालमा सुनको वर्षौदेखि यति ठूलो मात्रामा तस्करी हुने गरेको हो नै भने गृह प्रशासन, राजस्व, भन्सार, नेपाल राष्ट्र बैंक लगायत सरोकारवाला निकायहरु सम्वद्ध एउटा स्पेशल टास्क फोर्स गठन गरेको खण्डमा सुनको अबैध तस्करी सधैका लागि अन्त्य गर्न सकिने सुझाव उनको छ । 

छलफलमा पूर्व एआइजी राजेन्द्र भण्डारीले के भने ? त्यो मेरो चाँसोको विषय भएन पूर्व डिआइजी मल्लले आफूले र पूर्व डिआइजी रमेश खरेलले भने –घटनामा संलग्नहरुको बचाउ गर्नुभन्दा अनुसन्धान न्याय संगत र तथ्यपूर्ण संगठन हुनु पर्छ भन्ने तर्क राखेको बताए । 

सनम हत्या घटनामा निलम्वीत एसएस्पी दिवस लोहनीलाई महाशाखाको प्रमुख दिनु नै गल्ती थियो । उनले केसी र सन्जेल फस्नुमा कमाण्डारको कमजोरी आंैल्याए । यसबाट प्रष्ट हुन्छ– लोहनी कमाण्ड गर्ने क्षमता भए नभएको प्रहरी अधिकारी हुन या होइनन् भन्ने कुरा । 

उनी फिल्डमा राम्रो छन् तर, अनुसन्धानमा कमजोर नै हुन मल्लको टिप्पणी थियो–महाशाखामा बसेर सही कमाण्ड गर्न नसक्दा लोहनीले यस्तो दुर्दशा भोग्नु पर्यो । छलफलमा तीनै जना पूर्व प्रहरी अधिकारीले सुनकाण्डमा प्रहरी कर्मचारीलाई मात्र दोषी देखाइ अन्य कर्मचारीलाई उम्काउने प्रयास भएको भन्दै आपत्ती वजनाएको थिए । 

‘छानविन समितिले फोन सम्पर्क भएकै भरमा अन्य प्रहरी कर्मचारी र सर्वसाधारणलाई दुख दिएको घटनाप्रति प्रश्न उठाएको हो । यो विषयमा छलफल भएको हो । फोन सम्पर्क हुनु अपराध अनुसन्धानको आधार होइन मल्लले भने–सई गजेन्द्र रावललाई मिडियामा ल्याएर त्यतिकै बदनामी गराइएयो । उस्को मनोवल अव कस्तो होला ? प्रश्न गरे । 

मुद्धा अदालतमा विचाराधिन भएकाले हामीले धेरै बोल्नु हुदैन तर, छानविनका क्रममा भएका त्रुटि औल्याउदा उच्चस्तरिय छानविन समितिलाई नै सहयोग पुग्छ । उनले श्याम खत्री संगठनका लागि योग्य प्रहरी अधिकारी नभएको दावी गरे । 

मल्ल कुनै कार्यालयको प्रमुख हुँदा खत्री ‘सेकेण्ड म्यान’ थिए, मल्लले भने –उनको काम गर्ने शैली देखेर जिम्मेवारीबाट नै मुक्त गर्नु पर्ने अवस्था आएको थियो । मल्लले सुनको जालो तोड्न स्पष्ट ‘टिओर’ उल्लेख गरी दीर्घकालिन उच्चस्तरिय समिति गठन गर्नु पर्नेमा जोड दिए । 

तर, गृह मन्त्रालयले भने एक प्रेस विज्ञाप्ति मार्फत सुन र हत्या जस्तो गम्भीर र संवेनदशील संगठित अपराधको अनुसन्धान जारी रहेको वेला प्रहरीका केही जिम्मेवार पूर्व उच्चअधिकारीले गैर जिम्मेवार अभिब्यक्ति दिएकोप्रति गम्म्भीर ध्यानाकर्ष भएको जनाएको थियो । 

यस्ता अभिब्यक्तिले अपराधिको मनोवल उच्च हुने भन्दै अनुसन्धानमा सहयोग गर्न आग्रह गर्दै उनीहरुलाई समेत गराएको छ । ती प्रहरी अधिकारीको गलत र भ्रामक धारणा र अभिब्यक्तिप्रति विश्वास नगर्न आग्रह गरेको छ । 

गृह प्रवक्ता रामकृष्ण सुवेदीद्धारा जारी विज्ञप्तिमा विचाराधिन अवस्थामा रहेको मुद्धाका विषयमा अनावश्यक टिका टिप्पणी नगर्न ती प्रहरी अधिकारीलाई समेत गराइएको छ । मन्त्रालयका सहसचिव ईश्वरीराज पौडेलको संयोजकत्वमा गठित छानविन समिति बैधानिक प्रक्रिया बाट गठन भएको प्रष्ट पारेको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?