ट्रम्प र किम बिहान पौने ७ बजे भेटने

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनबीच १२ जुनका  दिन नेपाली समय अनुसार बिहान ६ः४५ मिनेटमा हुने छ ।

अमेरिकी राष्ट्रपति कार्यालयकी प्रेस सेक्रेटरी सारा स्यान्डर्सले यो जानकारी दिएको विदेशी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

ट्रम्प र किमबीचको यो भेटवार्ताको खर्च नोबेल शान्ति पुरस्कार विजेता परमाणु हतियार विरोधी संगठन इन्टरेनशनल क्याम्पेन टु अबोलिश न्युक्लियर विपन्स( आइक्यान)ले बेहोर्ने प्रस्ताव गरेको छ ।

प्रेस सेक्रेटरीका अनुसार अमेरिकी विशेष टोली सिंगापुर पुगेर तयारी पूरा गरिसकेको छ । हरेक दिन सिंगापुरको तयारीका बारेमा राष्ट्रपति ट्रम्पलाई जानकारी दिने गरिन्छ ।

दुई नेताबीचको यो शिखर सम्मेलन सांग्रिला होटलमा हुन सक्ने जनाइएको छ । यो होटल सिंगापुरका सर्वोत्तम फाइव स्टार होटल मध्ये एक हो ।

७९२ कोठा भएको यो आलीशान होटलमा विश्वभरका रक्षा तथा सैन्य प्रमुखहरूको सहभागीतामा भएको सांग्रिला डायलल आयोजना गरिएको थियो । गत शनिबार भारतका प्रधानमन्त्रीले पनि यो होटलमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

उत्तर कोरियाली नेता किम भने फुलर्टन होटलमा बस्न चाहेका छन् । त्यो होटलको एक रातको भाडा ६ लाख भन्दा बढी नेपाली रूपयाँ बराबर रहेको छ । यो खर्च बेहोर्न अमेरिकालाई कानुनी अडचन रहेको छ । उत्तर कोरिया यो खर्च बेहोर्न नसक्ने अवस्थामा रहेकाले आइक्यानले बोहोर्ने प्रस्ताव अघि सारेको हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?