माओवादी महाधिवेशनमा आउन ओलीलाई प्रचण्डको फोन, तर ओली नजाने

लोकपथ
1.1k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको आज राष्ट्रिय महाधिवेशनको उदघाटन हुँदै छ । राष्ट्रिय महाधिवेशनको उद्घाटनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित हुने भएका छन् ।

ओली हाल विभिन्न कार्यक्रमका लागि झापामा छन् । ओली झापामा भएका कारण माओवादीको महाधिवेशनमा अनुपस्थित हुने भएका हुन् ।

पछिल्लो समय विवादका बीच माओवादी केन्द्र अध्यक्ष प्रचण्डले उद्घाटन समारोहमा निम्तो गर्न ओलीलाई फोन गरेका थिए । तर ओलीले आफू आउन नसक्ने र महासचिव शंकर पोखरेललाई पठाउने बताएका हुन् ।

एमालेको चितवनमा भएको १० राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा माओवादी अध्यक्ष प्रचण्ड गएका थिएनन् ।

माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन आज अपराह्न ३ बजे प्रज्ञा भवन कमलादीमा हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?