मैत्रिपूर्ण खेलमा सर्विया र मोरक्को विजयी

सर्विया विरुद्धको मैत्रीपूर्ण खेलमा चिली विजयी भएको छ । 
विश्वकप अघिको मैत्रीपुर्ण खेलमा चिलीले सर्वियामाथि एक—शुन्यको जित दर्ता गराएको हो । विश्वकपमा स्थान बनाउन नसकेको चिलीले सर्वियालाई स्तब्ध बनाउने क्रममा गुइर्लेमो मरिपनले गरेको एकमात्र गोल नै निर्णायक बन्यो ।

खेलको पहिलो हाफ गोलरहित बराबरी भएको चिलीका लागी ८८ औं मिनेटमा गुइर्लेमोले गोल गरे। निर्धारित ९० मिनेटको समयसम्म सर्वियाले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन् र खेलमा पराजय ब्यर्होयो ।

विश्वकपको समुह सी मा रहेको सर्वियाले पाच पटकको विश्व विजेता ब्राजिल, स्विट्जरल्याण्ड र कोष्टारिकासँग खेल्नु पर्नेछ । यता आइतबारराती नै भएको अर्को खेलमा मोरक्कोले स्लोभाकियालाई एकका विरुद्ध दुई गोल अन्तरले पराजित गर्न सफल भयो ।

खेलको पहिलो हाफसम्म गोल रहित बराबरीमा रोकिएको स्लोभाकियाका लागी खेलको ५९ औ मिनेटमा जान ग्रेजुसले गोल गदै टिमलाई अग्रता दिलाए । ग्रेजुसले गोल गरेपछि निकै आक्रामक बनेको मोरक्कोका लागी ६४ औ मिनेटमा योयुब एल काबीले गोल गदै खेललाई एक—एकको स्थितीमा ल्याए । प्रतिस्पर्धात्मक खेलको ७४ औ मिनेटमा यौनस बेल्हान्डाले गोल गदै टोलीलाई दोब्बर अग्रता दिलाए । त्यसपछि खेलका थप गोल हुन सकेन् र खेल मोरक्कोले दुई—एकले आफ्नो पक्षमा पार्यो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?