करोडौं मानिसका आँखामा उज्यालो छर्न सक्ने थ्रीडी प्रिन्टेड कोर्निया

एजेन्सी : अंग्रेजी अनुसन्धानकर्ताहरूको एक टोलीद्वारा विकास गरिएको नयाँ जैविकप्रविधि(बायोटेकनलजि)ले करोडौं मानिसको आँखामा ज्योति फर्काउन सक्ने भएको छ ।

स्टेम सेल र कोलाजेन प्रोटिनको प्रयोग गरि बनाइएको त्रिआयामिक प्रिन्टिंग अर्को चमत्कारिक विकास हो । अनि एकप्रकारको पोलीसाकाराइन जसलाई अल्गोनाइट भनिन्छ त्यसले एक प्रकारको जैविक मसि(बायो इंक) तयार पार्छ । यो बायो इंकले कोर्नियालाई रंगीन बनाउँछ ।

यो अहिले बजारमा आइपुगेको छैन । तर यो प्रमाणित भइसकेपछि आँखाको भाग कोर्निया ट्रान्सप्लान्टको क्षेत्रमा एक क्रमभंग हुनेछ । विश्वमा करिब १ करोड ५० लाख मानिसमा यो समस्या छ । उनीहरूको आँखाको ज्योति फर्काउन यो विधि सफलता प्राप्त गर्नेछ ।

आँखाको बाहिरी क्षेत्रमा रहेको कोर्नियाले आँखाको सुरक्षाको काम गर्छ । यसले धुलो, ब्याक्टेरिया र अन्या मसिना वस्तुहरूबाट आँखालाई जोगाउने काम गर्छ । यो सक्रंमण वा बहिरिया वस्तुको कारण दाग , चोट लाग्ने समस्यमा पर्न सक्छ । 

थ्रीडी प्रिनटरको सहयोगले कोर्नियालाई १० मिनेटमा प्रिन्ट गर्न सक्ने वैज्ञानिकहरूले बताएका छन् । यो विषय जर्नल एक्सपेरिमेन्ट आइ रिसर्चमा छापिएको छ ।

स्वास्थ्य बिमा बिना अमेरिकामा सामान्यरूपले कोर्निया ट्रान्सप्लानटको खर्च १३ हजार अमेरिकी डलर देखि २८ हजार अमेरिकी डलरबराबरको हुन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?