पहिरो पन्छाएपछि मुग्लिङ-नारायणगढ सडक सुचारू

मुग्लिङ :  चारकिलोमा खसेको पहिरोले अवरूद्द भएको नारायणगढ-मुग्लिन सडकखण्डको पहिरो हटाएपछि अहिले सुचारू भएको छ। हाल सडक निर्माणको क्रममा विहान १० देखि दिउँसो ४ बजेसम्म सडक बन्द गरिएपनि अाजको पहिरोले गर्दा यात्रुले थप सास्ती पाएका छन् । 

पहिरो पन्छाएपछि १० बजेदेखि यो सडकका दुवै लेनबाट गाडी गुडिरहेको मुग्लिङ प्रहरीले जानकारी दिएको छ ।

यो सडकखण्डमा बर्खे पहिरो खस्न शुरू भएको छ । यसअघि सडक विस्तारकै क्रममा विभिन्न स्थानमा सुख्खा पहिरो खस्ने गरेको थियो । कालीखोलामा बारम्बार सुख्खा पहिरो खस्दा सडक आवागमन प्रभावित हुने गरेको थियो । तर, रातभर भएको बर्षाका कारण मंगलबार बिहानदेखि बर्खे पहिरो खस्न शुरू गरेको हो । 

हाल यो सडक ४ लेन फराकिलो हुनेगरि बिस्तार गर्ने काम भर्इरहेको छ । तर, निकै भिरालो पहाड काटेर बनार्इएको सडकमा सुरक्षाका लागि पहिरो रोकथामका प्रभावकारी उपाय नअपनाएको भन्दै आलोचना भर्इरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?