नेकपा माओवादी केन्द्रले अन्तिम समयमा आएर राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने भएको छ । आइतबारदेखि माओवादीको राष्ट्रिय सम्मेलन काठमाडौंमा तय गरिएको छ ।
शनिबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनलाई नै पार्टीको महाधिवेशनमा परिणत गर्ने निर्णय भएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।
बैठकमा अध्यक्ष प्रचण्डले सम्मेलनले नीति र नेतृत्व चयन गर्ने भएपछि महाधिवेशन नै भनौं भन्ने प्रस्ताव गरेका थिए ।
स्थायी कमिटीको निर्णयलाई आइतबार बिहान बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने तय भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया