शेयर बेचे ब्रोकर कम्पनीमा अान्दोलनकारीले ताला लगाउने

काठमाडाैं : सरकारले बोनस र हकप्रद सेयरको अाधार मूल्यबाट कर उठाउने निर्णय गरेपछि रूष्ट बनेका 'अान्दोलनकारी लगानीकर्ता' सरकारले निर्णय फिर्ता नलिएसम्म शेयर किनबेच गर्ने ब्रोकर कम्पनीहरूमा ताला लगाउने भएका छन् । 

हिजो दिनभर भएको अान्दोलन र वार्ताबाट पूँजीगत लाभकर फिर्ता लिनेबारे कुनै निर्णय नभएपछि लगानीकर्ताहरू संगठित भर्इ अान्दोलन चर्काउने निर्णय गरेका हुन् । समस्या समाधान नभएसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र धितोपत्र बोर्डको कार्यालय घेराउ गर्ने लगानीकर्ताले जनाएका छन् । 

अर्थ मन्त्रालयअन्तर्गतको अान्तरिक राजस्व विभागले बोनस र हकप्रद शेयरको अंकित मूल्यमा पूँजीगत लाभकर लिने निर्णय गरेको थियो । यो निर्णयको बिरूद्द नेपाल इन्भेस्टर्स फोरम, शेयर लगानीकृता संघ र पूँजीगबजार लगानीकर्ताले विज्ञप्तिमार्फत अान्दोलन घोषणा गरेका थिए । लगानीकर्ताका यी संस्थाले पुन : शेयर कारोबार नगरि अान्दोलनलार्इ पूर्ण सहयोग गर्न लगानीकर्ता र ब्रोकर कम्पनीहरूलार्इ अाग्रह गरेको छ । 

अाज (मंगलबार) हुने शेयर कारोबार ठप्प पार्न सबै शेयर दलाल कम्पनी (ब्रोकर) कम्पनीहरूलार्इ यी संस्थाहरूले संयुक्त रूपमा पत्राचार गरेकाे जनाएका छन् । लगानीकर्ताको अाग्रह नमानी शेयर कारोबार गर्ने ब्रोकर कम्पनीहरूमा ताला लगाउने अान्दोलनकारीले चेतावनी दिएका छन् । 

सोमबार अान्दोलनमा उत्रिएका लगानीकर्ताले ब्रोकर कम्पनीलार्इ शेयर नबेच्न अाग्रह गरेपनि साविकको दिनकै हाराहारीमै ४२ करोड रूपैयाँको कारोबार भएको थियो । अान्दोलनमा ब्रोकर कम्पनीहरूले सहयोग नगरेको भन्दै अान्दोलनकारीले ब्रोकरका अफिसमै ताल्चा ठोक्ने योजना बनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?