भारतको महावाणिज्य दूतावासद्वारा वीरगञ्जमा रहेका भारतीय नागरिकहरुको गुनासो सम्बोधन

लोकपथ
63
Shares

वीरगञ्ज । भारतको महावाणिज्य दूतावासद्वारा आजादीको अमृत महोत्सव विशेष सप्ताह अन्तर्गत वाणिज्य दूतावास परिसर भित्र ‘कांसुलर शिकायतों के लिए खुला मंच’ को आयोजना गरिएको छ ।

वीरगञ्ज स्थित भारतीय महावाणिज्य दूतावासद्वारा वाणिज्य दूतावास परिसर भित्र “Open House for Consular Grievances” (कांसुलर शिकायतों के लिए खुला मंच) आयोजना गरिएको हो ।

खुला मंचको अध्यक्षता कन्सुल जनरल नितेश कुमारले गरेका थिए । कार्यक्रममा नेपालमा बसोबास गर्दै आएका पीडित भारतीय नागरिकहरुको नियमित बाहेकका गुनासोहरुलाई सम्बोधन गरिएको थियो ।

कार्यक्रममा पर्सा र बाराका कलकारखानामा कार्यरत करिब ३० जना भारतीयका गुनासो सम्बोधन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?