नेपालको कोरोना अपडेट : २२६ जना संक्रमणमुक्त हुँदा थपिए १६७ संक्रमित

लोकपथ
325
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको ६ हजार ४ सय ४७ जनाको परीक्षण थप १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै बितेको २४ घण्टामा थप २ सय २६ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा ८ लाख १० हजार ४९७ जना कोरोना संक्रणमुक्त भएका छन् ।

हाल देशभर ४ हजार ९७८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

कोभिड–१९ को सङ्क्रमणबाट थप १ जनाले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ११ हजार ५८३ जनाले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?