सकियो कांग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठक, पाँच निर्णय

लोकपथ
741
Shares

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठक सकिएको छ । नेपाली कांग्रेसको १४औँ माहाधिवेशन पछिको केन्द्रीय कार्यसमितिको पहिला बैठकमा पाँचवटा निर्णय भएको छ ।

महाधिवेशनपछिको अवस्थामा पार्टीमा सुदृढ एकता कायम गरेर अगाढि बढाउने संकल्प गरेको महामन्त्री गगन थापाले जानकारी दिए । पार्टीको महाधिवेशन सम्पन्न गराउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिने निर्णय बैठकले गरेको थापाले बताए ।

राष्ट्रियसभा सदस्यको निर्वाचनमा पार्टीका उम्मेदवारका लागि सभापति शेरबहादुर देउवाको हस्ताक्षर प्रयोग गर्ने निर्णय बैठकले गरेको महामन्त्री थापाले बताए । त्यस्तै, बैठकले निर्वाचन आयोगमा पार्टीको दर्ता अद्यावधिक गर्ने र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न मुख्यसचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिने निर्णय गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?