एसियाडका लागी शिरीश र शुभम छानिए

 

इन्डोनेसियाको जकार्तामा हुने १८ औं एसियाली खेलकुदका लागि पौडी खेलाडी छनोट भएका छन् ।

नेपाल पौडी संघको आयोजनामा  सम्पन्न २२ औं खुला राष्ट्रिय पौडी प्रतियोगितामा सर्वाधिक फिना अंक ल्याउने पुरुष र महिला २–२ गरी ४ खेलाडी एसियाडलाई छनोट गरिएको पौडी संघले जनाएको छ । छनोट हुने पुरुष खेलाडीमा शुभम श्रेष्ठ र शिरीश गुरुङ रहेका छन्  ।

१ सय मिटर ब्रेस्टस्ट्रोक १ मिनेट ०८.९४ सेकेन्डमा पूरा गरेका शुभमले ५ सय २४ अंक प्राप्त गरे । शिरीशले १ सय मिटर फ्रि स्टायल ५७.०३ सेकेन्डमा तय गर्दै ४ सय ८९ अंक जोडे । त्यस्तै, महिलामा गौरिका सिंह र टीसा शाक्य छानिए । २ सय मिटर फ्रिस्टायलमा २ मिनेट ०९.१९ सेकेन्डको प्रदर्शन गरेकी गौरिकाले ६ सय ३० फिना अंक जोडिन् ।

त्यस्तै टीसाले ५ सय ७ अंक हासिल गरिन् । टीसाले १ सय मिटर फ्रिस्टायल १ मिनेट ०३.८२ सेकेन्डमा तय गरेकी थिइन् । बैलल्किपक खेलाडीको पुरुषमा अनुभव सुब्बा र महिलामा डुवाना लामा छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?