सुदुरपश्चिममा भूकम्प, बाजुरा केन्द्रबिन्दु

कैलाली : बाजुरालार्इ केन्द्रबिन्दु बनाएर सुदुरपश्चिम क्षेत्रमा ४.९ म्याग्निच्युडको भूकम्प गएको छ । मंगलबार बिहान गएको भूकम्पको धक्का सुदुरपश्चिमका विभिन्न जिल्लामा महशुस गरिएको छ । 

भूकम्प मापन केन्द्र, लैनचाैरका अनुसार मंगलबार बिहान ७ बजेर १९ मिनेट जाँदा सुदुरपश्चिम क्षेत्रमा भूकम्प गएको हो । केन्द्रबिन्दु बाजुरा, अछाम, डाेटी, बझाङ, डडेल्धुरा र दार्चुलामा समेत धक्का महशुस गरिएको छ । 

मुलुकका अन्य भूभागमा भन्दा कमजोर संरचना रहेको सुदुरपश्चिम क्षेत्रमा पछिल्लो भूकम्पबाट भएको क्षतिबारे एकीन विवरण अार्इसकेको छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?