२ माघ २०७८, आईतवार

मोरङमा ट्याक्टरको ठक्करबाट महिलाको मृत्यु

२०७५,जेष्ठ,२२,मंगलवार ०४:०८

0
Shares

उर्लाबारी : मोरङको रंगेली नगरपालिका–८ मा सोमबार साँझ ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । 

को २ त ५०६७ नम्बरको ट्र्याक्टरले को २ प १३९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार कटहरी गाउँपालिका बस्ने ४० वर्षीया लतिया पासवानको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । 

स्थानीय चिसाङ खोलाबाट बालुवा लिएर आउँदै गरेको ट्र्याक्टरले रंगेली–दोहमना सडकखण्डमा उक्त मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलका चालक सोही ठाउँका ५० वर्षीय पुरुषोत्तम रिजाल सामान्य घाइते भएका छन् । उनको रंगेली अस्पतालमा उपचार भइरहेको छ ।

ठक्कर दिने ट्र्याक्टर र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय, रंगेलीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: २०७५,जेष्ठ,२२,मंगलवार ०४:०८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धनगढी । भुकली सडक छेउमा टाँगेको सानो त्रिपालभित्र जसोतसो बसिरहेकी छिन् । केही दिनदेखि शीतलहर र हुस्सुसँगै चिसो अत्यधिक रुपमा

काठमाडौं । अहिलेको युग प्रविधिको हो । सामाजिक सञ्जाल बिना मानिसहरुले आफ्नो दैनिकी कल्पनासम्म गर्न सक्दैनन् । फेसबुक म्यासेन्जर एउटा

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

काठमाडौं । राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड

ताजा समाचार

हतियारसहित एक युवक पक्राउ
 २०७८,माघ,२,आईतवार २०:०९
कोरोना संक्रमणमुक्त भए प्रचण्ड
 २०७८,माघ,२,आईतवार १९:४६