सबैको सभापति भएर काम गर्छु : शेरबहादुर देउवा

लोकपथ
312
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले सबैको भावनाको प्रतिनधित्व गरेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

कांग्रेसका नवनिर्वाचित केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै सभापति देउवाले विगतमा कसले भोट हाल्यो हालेन भनेर विभेद नगर्ने बताए ।

‘कसले भोट हाल्यो हालेन भनेर हेर्दिनँ, सबैको सभापति भएर काम गर्छु,’ उनले भने, ‘मेरो जिम्मेवारी ठूलो छ, सबैलाई समावेश गरेर सबैको भावना कदर गरेर काम गर्छु ।’

सभापति देउवाले कांग्रेसले वडादेखि प्रजातान्त्रिक अभ्यास गरेको स्मरण गर्दै निर्वाचन समितिले निष्पक्षतापूर्वक काम गरेकोमा धन्यवादसमेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?