रोल्पामा अायोजित राष्ट्रिय कविता प्रतियोगितामा कवि प्रज्वलको कविता उत्कृष्ट

लिबाङ : रोल्पामा अायोजित राष्ट्रिय कविता प्रतियोगीतामा लमजुङका कवि प्रज्वल अधिकारीको 'अाउ सार्इँला एकैछिन' शीर्षकको कविता उत्कृष्ट ठहर भएको छ । प्रतियोगिताको अन्तिम नजितासँगै अधिकारीलार्इ ३५ हजार रूपैयाँ राशीको प्रथम पुरस्कार प्रदान गरिने भएको छ । वियोगी बुढाथोकी, उत्तमकृष्ण मजगैयाँ र केशव सुवेदीको निर्णायक मण्डलले प्रतिष्पर्धी कविहरूको कवितामाथि अन्तिम निर्णय सुनाएको हो ।

प्रतियोगितामा अछामका लक्ष्मण संगमको म त मुर्ख रहेछु कविता द्वितीय, सिन्धुपाल्चोकका सुरेश बुढाथोकी 'फकिर' को देश हराएको सूचना तृतीय, सोलुखुम्बुका गणेश खतिवडाको समृद्दिको सपना एवं काठमाडाैंका अमित प्रिन्सको बेपत्ता चप्पल कवितालार्इ सान्त्वना पुरस्कार प्रदान गरिएको रोल्पाबाट जानकारी प्राप्त भएको छ । द्वितीय पुरस्कारको राशी २५ हजार, तृतीयलार्इ २० हजार र सान्त्वना पुरस्कारस्वरूप १० हजार रूपैयाँ राशी प्रदान गरिनेछ । 

यो कविता प्रतियोगिता रोल्पाकै अहिलेसम्मको ठूलो साहित्यिक अायोजना हो । जिल्लाका साहित्यिक संघसंस्था तथा लिवाङ नगरपालिकाको अायोजनामा कविता प्रतियोगिता अायोजना गरिएको हो । प्रतियोगिता अाज मंगलबार सम्पन्न हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?