पूर्णिमा विकास बैंकको १९.१९ बोनस डिम्याट खातामा

काठमाडौं : पूर्णिमा विकास बैंकले घोषणा गरेको १९.१९ प्रतिशत बोनस शेयर लगानीकर्ताको डिम्याट खातामा राखिदिएको छ । पूर्णिमाको गत पुस २८ गते सम्पन्न भएको सभाले अाफ्ना शेयरधनीलार्इ १९.१९ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.०१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको थियो ।

पुस १३ गतेसम्म डिम्याट शेयर अभाैतिकीकरण (डिम्याट) गरेका सेयरधनीकाे खातामा बैंकले बोनस शेयर जम्मा गरिदिएको जनाएको छ । डिम्याट खाता नभएकालार्इ पनि तत्काल खाता खोली विवरण बैंकमा दिन अाग्रह गरेको छ । खाता खोलेर शेयर डिम्याट गरेपछि मात्र बोनस शेयर जम्मा गरिदिने बैंकले जानकारी गराएको छ । 

हाल पूर्णिमा बैंकको बार्षिक प्रतिशेयर अाम्दानी १४ रूपैयाँ ८७ पैसा र प्रतिशेयर नेटवर्थ १२८ रूपैयाँ ८ पैसा रहेको छ । चुक्ता पूँजी ५२ करोड ५० लाख ३१ हजार रूपैयाँ रहेको बैंकले चालु अार्थिक बर्षको तेस्रो त्रैमासमा ५ करोड ५८ हजार रूपैयाँ खुद नाफा कमाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?