१ भाद्र २०७९, बुधबार

स्याङ्जामा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, चार घाइते

२०७५,जेष्ठ,२२,मंगलवार ०२:४५

0
Shares

वालिङ : स्याङ्जाको गल्याङ नगरपालिका र जगत्रेदेवी नजिकै गल्याङ–मिर्मी सडकमा दुई मोटरसाइकल एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । 

गल्याङ प्रहरी चौकीका अनुसार सोमबार साँझ भएको उक्त दुर्घटनामा परी गुल्मी हर्मीचौरका २३ वर्षीय सुनिल सुनारको मृत्यु भएको हो । 

स्याङ्जाको मिर्मीबाट गल्याङ आउँदै गरेको लु ३२ प ९९७९ र गल्याङबाट मिर्मी जाँदै गरेको लु ३५ प १६३३ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए । दुई मोटरसाइकलमा पाँचजना सवार थिए । 

घाइते हुनेमा गल्याङ नगरपालिका–३ का २२ वर्षीय अजित सुनार, कालीगण्डकी गाउँपालिका–२ का २० वर्षीय मदन पाण्डे, गल्याङ नगरपालिका–२ का २३ वर्षीय दिलीप राना र सोही स्थानका २२ वर्षीय सुशील सुवेदी रहेका छन् । घाइतेको पाल्पास्थित मिसन अस्पतालमा उपचार भइरहको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०७५,जेष्ठ,२२,मंगलवार ०२:४५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले चोरी मुद्दाका फरार एक अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले चोरी मुद्दामा  फरार रहेका

लमजुङ । केही समय अगाडि सुनसान रहेका गाउँमा पर्यटक आगमन बढेपछि सिउरुङका गाउँले पुनः गाउँ फर्कन थालेका छन् । गाउँमा दैनिक

लमजुङ । लमजुङको उत्तर पश्चिम क्षेत्रमा पर्ने क्व्होलासोंथर गाउँपालिका– ८ को घाम्राङ गाउँ अकबरे खुर्सानीका लागि आत्मनिर्भर छ । सामाजिक

लमजुङ । केही वर्षअघि बाँझो रहेको जग्गा यतीबेला तरकारी खेतीले हरियाली भएको छ । सिंगो गाउँले नै अहिले तरकारी खेतीमा

ताजा समाचार

बालेन र साम्पाङकाे फेुसबुके रमिता !
 २०७९,भाद्र,१,बुधबार २२:००
वडा कार्यालयको पनि शाखा !
 २०७९,भाद्र,१,बुधबार २१:४५