२ माघ २०७८, आईतवार

अफिमसहित तीनजना पक्राउ

२०७५,जेष्ठ,२२,मंगलवार ०१:५७

0
Shares

तुलसीपुर : अवैध लागूऔषध अफिमसहित दाङमा प्रहरीले तीनजनालाई सोमबार पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा रोल्पा पाछावाङ–७ घर भई हाल घोराही उपमहानगरपालिका–१२ बस्ने ३१ वर्षीय शक्तिराम वली, रुकुम भुमे गाउँपालिका–८ बस्ने २७ वर्षीय एलनकुमार रोकामगर र भुमे गाउँपालिका–६ बस्ने २८ वर्षीय देवबहादुर ओली रहेका छन् । 

उनीहरुको साथबाट पाँच केजी २०० ग्राम अफिम बरामद गरिएको पनि प्रहरी प्रमुख सिंहले जानकारी दिए । उनीहरुलाई घोराही उपमहानगरपालिका–१५ मा अफिमको कारोबार भइरहेको भन्ने गोप्य सूचना पाएपछि प्रदेश नं ५ को प्रहरी कार्यालय, तुलसीपुर र जिल्ला प्रहरी कार्यालय, दाङबाट गएको टोलीले पक्राउ गरेको हो । 

पक्राउ परेकाका बारेमा थप अनुसन्धान भइरहेको दाङ प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०७५,जेष्ठ,२२,मंगलवार ०१:५७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धनगढी । भुकली सडक छेउमा टाँगेको सानो त्रिपालभित्र जसोतसो बसिरहेकी छिन् । केही दिनदेखि शीतलहर र हुस्सुसँगै चिसो अत्यधिक रुपमा

काठमाडौं । अहिलेको युग प्रविधिको हो । सामाजिक सञ्जाल बिना मानिसहरुले आफ्नो दैनिकी कल्पनासम्म गर्न सक्दैनन् । फेसबुक म्यासेन्जर एउटा

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

काठमाडौं । राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड

ताजा समाचार

हतियारसहित एक युवक पक्राउ
 २०७८,माघ,२,आईतवार २०:०९
कोरोना संक्रमणमुक्त भए प्रचण्ड
 २०७८,माघ,२,आईतवार १९:४६