१. ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’मा सहभागी हुन प्रधानमन्त्री देउवा पुस २५ गते भारत जाँदै, भारतका प्रधानमन्त्री मोदीसँग पनि द्वीपक्षीय भेटवार्ता गर्ने तयार ।
२. नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले शनिबार प्रमाणपत्र लिने, प्रमाणपत्र लिएलगत्तै केन्द्रीय समिति बैठक बस्ने निर्णय ।
३. संविधान परिमार्जनका लागि सडकबाट आन्दोलन सुरु गर्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको घोषणा, संविधानमा उत्पीडित समुदायका हक अधिकार नपुगेको दाबी ।
४. माओवादी केन्द्र र नेकपा मसालबीच एकता घोषणा, स्थानीय तहका पार्टी सेलसम्मकै पार्टी संगठन र जनवर्गीय मोर्चाहरूको एकीकरणको काम छिटै गरिने ।
५. राष्ट्रिय ख्रिस्ट्रियन महासंघद्वारा क्रिसमस डेमा राष्ट्रपति, प्रधानमन्त्री र शीर्ष नेताहरूलाई निमन्त्रणा, दुई दिन सार्वजनिक बिदा दिन माग ।
६. एमसीसी पारित गर्ने अधिकार जनतालाई नै दिनुपर्ने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको भनाइ, ओलीले कुनै अध्ययन नगरी पहिला नै एमसीसी पास गर्न खोजेको आरोप ।
७. नेपाल प्रहरीका एसएसपी सुशील यादव कार्यालयमै झुण्डिएको अवस्थामा मृत फेला, मृत्युको कारण खुल्न बाँकी, अनुसन्धान हुँदै ।
८. नेपाल पावर ट्रेडिङ कम्पनीले पायो बिजुली व्यापारको लागि सरकारको अनुमति, निजी क्षेत्रलाई पनि चाँडै लाइसेन्स दिइने ऊर्जामन्त्री पम्फा भुसालको भनाइ ।
९. निर्वाचन आयोगले थाल्यो स्थानीय तहको निर्वाचनको तयारी, स्थानीय तहको चुनावका लागि प्रधानमन्त्रीसमक्ष २ वटा मिति प्रस्ताव ।
१०. अमेरिकाले उपलब्ध गराएको ६ लाख ६४ हजार डोज फाइजर खोप नेपाल आइपुग्यो, उपलब्ध खोप पुस १३ गतेबाट १२ देखि १७ वर्ष उमेरसमूहका बालबालिकालाई दिइने ।
११. शुक्रबार देशभर २६० जनामा कोरोना संक्रमण पुष्टि, ३४९ जना संक्रमणमुक्त, पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु ।
१२. भारतले ग¥यो ब्यालिस्टिक मिसाइल ‘प्रलय’को सफल परीक्षण, १५० देखि ५०० किलोमिटरसम्म सटिक प्रहार गर्न सकिने ।
१३. ओमिक्रोनको संक्रमित बढेपछि इटालीमा प्रतिबन्धको घोषणा, क्रिसमस तथा नयाँ वर्षका अवसरमा कार्यक्रम गर्न र भेला हुन रोक लगाइयो ।
१४. एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा नेपाली महिला टोलीको लगातार दोस्रो जित, तेस्रो खेलमा शनिबार बंगलादेशसँग प्रतिस्पर्धा गर्ने ।
१५. र, सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा एपीएफ क्लब र न्यूरोड टिम (एनआरटी) बराबरीमा, दशरथ रंगशालामा शुक्रबार भएको खेलमा दुवै टिमले ३–३ गोल गरेपछि खेल बराबरीमा रोकियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया