काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको संख्या बढाएको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकले नियमित प्रक्रियाबाट आएका १४८३ र त्यसको १० प्रतिशत मनोनयन गर्ने निर्णय गरेको हो ।
बैठकले १० प्रतिशत प्रतिनिधि मनोनयनको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । यसअघि माओवादीले ५ प्रतिशत मनोनयन गर्ने निर्णय गरेको थियो ।
आज बसेको स्थायी कमिटी बैठकले त्यसलाई बढाएर १० प्रतिशतमा पुर्याएको हो । १० प्रतिशत मनोनयन गर्दा १ सय ४८ जना प्रतिनिधि छानिने छन् । माओवादीले यसअघि सम्मेलनमा १५ सय ३३ प्रतिनिधि हुने भनेको भए पनि अब त्यो संख्या १६ सय ८ हुने भएको छ । नेकपा माओवादीको राष्ट्रिय सम्मेलन यही पुस ११–१३ मा काठमाडौमा हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया