लुम्बिनी विकास बैंकको लाभांश साधारणसभाबाट पारित

लोकपथ
104
Shares

काठमाडाैं । लुम्बिनी विकास बैंक लिमिटेडले १४औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकले यही पुस ९ गते आफ्नो १४औँ वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

साधारणसभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गरी आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्तिलगायतका प्रस्तावहरुसँगै सेयरधनीहरुलाई शून्य दशमलव ६८२४ प्रतिशत नगद लाभांश (कर प्रयोजन) र १३ प्रतिशत बोनस सेयरसहित कुल १३ दशमलव ६८४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

बैंकका सञ्चालक समितिका अध्यक्ष श्री दशरथ रिसालको अध्यक्षतामा सम्पन्न १४औँ वार्षिक साधारणसभामा बैंकले कोभिड–१९ को परिस्थितिलाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट सेयरधनीहरुलाई सहभागिता गराएको थियो ।

सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आव २०७७/७८ को वार्षिक प्रतिवेदनउपर प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट सहभागी भएका सेयरधनीहरुले राखेका जिज्ञासाहरुको जवाफ अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत श्री नरेश सिहं बोहराले दिएका थिए ।

लुम्बिनी विकास बैंक लिमिटेडले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ देशभरका ३१ वटा जिल्लामा ७७ शाखाहरु र १७ वटा एटीएमबाट आफ्ना करीब ३ लाखभन्दा बढी ग्राहकहरुलाई उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिहरुसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?