९ माघ २०७८, आईतवार

अख्तियारमा परेको ४ हजार बढी उजुरी तामेलीमा

२०७५,जेष्ठ,२२,मंगलवार ०१:३०

0
Shares

काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको भ्रष्टाचार र भ्रष्टाचार जन्य उजुरीहरु मध्ये ४ हजार बढी उजुरी तामेलीमा परेको आयोगले जनाएको छ ।

यो आर्थिक वर्ष २०७४÷७५ को २०७४ साउन १ देखि २०७५ बैशाख मसान्तसम्मको उजुरी मध्ये तामेलीमा परेका उजुरी भएको आयोगका सहसचिव रामेश्वर दंगालले बताए ।

आयोगले ४ हजार १ सय ६६ उजुरीलाई तामेलीमा राखेको उनले बताए ।  ‘चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म आयोगले ४ हजार १ सय ६६ उजुरी तामेलीमा राखेको छ,’ उनले भने ।  तथ्यहिन र आधारहिन भएकैले धेरै जसो उजुरीहरुलाई तामेलीमा राख्नुपरेको उहाँको भनाई छ । ‘कुनै उजुरी दुःख दिने नियतले दर्ता गरेको हुन्छ,’ उनले भने–‘त्यस्ता तथ्यहिन, आधारहिन र प्रष्ट नभएका उजुरी प्रारम्भिक अनुसन्धानबाटै तामेलीमा परेको छ ।’

तामेलीमा गएका अधिकांश उजुरी अनुचित कार्य अन्तर्गतको पर्ने र आयोगले संबैधानिक क्षेत्राधिकार भित्र अनुचित कार्य नपरेकोले पनि त्यस्ता उजुरी तामेलीमा पर्ने गरेको आयोगका सहचिब दंगालले बताए । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ।

प्रकाशित मिति: २०७५,जेष्ठ,२२,मंगलवार ०१:३०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा सिंह र बिरालोमा पनि कोभिड देखिएको छ । कोभिड संक्रमित ती दुबै जनवाबरहरुमा पनि मानिसमा जस्तै

धनगढी । भुकली सडक छेउमा टाँगेको सानो त्रिपालभित्र जसोतसो बसिरहेकी छिन् । केही दिनदेखि शीतलहर र हुस्सुसँगै चिसो अत्यधिक रुपमा

काठमाडौं । अहिलेको युग प्रविधिको हो । सामाजिक सञ्जाल बिना मानिसहरुले आफ्नो दैनिकी कल्पनासम्म गर्न सक्दैनन् । फेसबुक म्यासेन्जर एउटा

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

ताजा समाचार

भारतबाट हुने आवतजावतमा रोक लगाइयो
 २०७८,माघ,९,आईतवार २०:२४