एलआईसी नेपालद्वारा लाभांश प्रस्ताव, बोनस कति ?

लोकपथ
117
Shares

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले आर्थिक वर्ष २०७६/०७७ को सञ्चित नाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनीको ८ पुसमा बसेको सञ्चालक समितिको बैठकले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि एक दशमलव ०५ प्रतिशत गरी कुल २१ दशमलव ०५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

यसअनुसार कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को सञ्चित नाफाबाट चुक्ता पुँजी दुई अर्ब २१ करोड १० लाख रुपैयाँको लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश बीमा समितिको स्वीकृति तथा आगामी साधारणसभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीले पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?