राजनीतिमा आउन कम्पनी छोडन लागेका मालिक

एजेन्सी : विश्वभर कफी चेन चलाउने कम्पनी स्टारबक्सका कार्यकारी अध्यक्ष होवार्ड सुल्जले कम्पनीको जिम्मेवारीबाट हट्न लागेको बताएका छन् ।

करिब चार दशक कम्पनी चलाएर राजनीतिमा हामफाल्ने योजना बनाएका सुल्जले यसअघि गतवर्ष कम्पनीको प्रमुख कार्यकारीको जिम्मेवारीबाट अलग भएका थिए ।

कम्पनीको बोर्डबाट जुन २६ देखि कार्यकारी अध्यक्षको जिम्मेवारी उनले त्याग गर्न लागेका हुन् ।

कम्पनीको जिम्मेवारीबाट मुक्त हुने उनको यो कदमलाई राजनीतिक महत्वाकांक्षाको रूपमा लिइएको छ ।

न्यूयोर्क टाइम्सलाई दिएको एक अन्तर्वार्तामा उनले राष्ट्रपति पदको दौडमा सहभागी हुने विषयलाई खारेज गरेनन् ।

उनले भने “मेरो अर्को अध्यायमा मेरा लागि कुनै भूमिका छ भने त्यसका लागि म काम गर्न चाहन्छु ।”

यसको अर्थ के भन्दा उनले थपे “म हाम्रो देशको सेवामा हुन चाहन्छु तर यसको अर्थ यो पनि होइन कि मलाई यसका लागि कुनै सरकारी कार्यालय चलाउनु पर्ने आवश्यकता हुन्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?