चीँ मुसी चीँ’ ले पोस्टर सार्वजनिक गर्‍यो

काठमाडौं । केही दिनअघि गीत रिलिज गरेको फिल्म ‘चीँ मुसी चीँ’ ले पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा फिल्मका मुख्य कलाकार सुनिल क्षेत्री, सुशान्त काकी र अलिशा शर्मालाई प्रस्तुत गरिएको छ ।

म्युजिकल थ्रीलर भनिएको यो चलचित्रलाई दिनेश श्रेष्ठले लेखेका हुन् भने फिल्ममा निर्देशन पनि उनकै छ । साथै यो फिल्ममा सुनिल, सुशान्त र अलिशासँगै शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवा लगायतले पनि अभिनय गरेका छन् ।

बासु न्यौपानले फिल्मको सम्पादन गरेको यो फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरले कोरियोग्राफी गरेका छन् ।

साउन ११ गते रिलिज हुने फिल्म ‘चीँ मुसी चीँ’ लाई अरुणकुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डब बहादुर गुरुङले मिलेर निर्माण गरेका हुन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?